म पनि देउता मान्छु

म पनि देउता मान्छु जोगी

म पनि देउता  मन्छु;

तर तिम्रो र मेरो द्धौतामा

आकास र पृथ्वीको भिन्नता छ ।

तिमी उसलाई आँखा चिँम्लदा

अमूर्त चिन्तनको बादलामा देख्छौ

म उसलाई आँखा उघार्दा

प्रत्येक मानिसको प्रिय दर्शनमा देख्छु

अवश्य मेरा तीन अरब द्धौतामा

अस्पष्ट्ता छ, धमिलोपन छ विकार छ

म त्यही हटाउन कविता लेख्छु

अझ कविता दर्शन देऊ भन्छु

देवत्व नै कवितालङ्कार मान्छु

सत्यता भाव, शिवत्व ध्वनी

भीनस को प्रतिमा जस्तै नङ्गो

यथार्थता  रससौन्दर्य ।

जोगी तिम्रो हरिमदप्याला  पिउँदा मलाई पनि लठय्यायो

तिम्रो कविता झन्न पार्नी रन्न पार्नी लाग्ने रहेछ,

झन्डै मैले पनि आँखा चिम्लेको   ।

अब मेरो कविताप्याला पनि चाख,

यो ओखती झै तीतो झस्काइदिने

आँखै लाग्न नदिने छ,

म चाहन्छु अझ यो मुटु हिलाउने

डाम्ने सुस्पष्ट दर्शन होस्

मानव लाई मानवतामा घोलिदिने यो कलम बनोस्

जोगी, भन किन आँखा चिम्ल्यौ

के नरक देखी डर लाग्यो ?

नरककै बिचमा स्वर्ग पनि त छ,

मल पन्छाउन अल्सी लाग्यो ?

के स्वर्ग बाट अन्न बर्सन्छ,

कि धरतीलाई खनी खनी

कन्दमूल पनि झिक्नुपर्छ ?

मलहरुकै बीच छेडी धरतीले

रायोको साग उमार्दछ,

खेतको मलिलो तेलामा नै धानको बाला बल्छ

नरककै बिचबाट उठी सुन्ताला

तिम्रो मुखमा अमृत छर्छ,

फोहोर सोहोर्दै थेग्राउँदै तौरँदै

नदीले तिम्रो तिर्खा मेट्छ

आफ्नै मथिङ्गल र पेट सम्झेर पनि

आँखा खोल अनि मुख खोल्,

आफूलाई पाल्ने पृथवीमाताको

प्राणपणले प्रत्युपकार गर

“आत्मन्येवाSS त्मना तुष्ट” हुन खोजी

आत्मरतिमा पल्की जोगी

निस्सन्तान बनी आफुलाई

स्वतन्त्रत ठानी आँखा नचिम्ल

त्यो सम्झयौ भने

झन्

पृथ्वीभरका

मानिस तिम्रा आमा-बाबु

धर्मले केटाकेटी छोराछोरी हुन्छन

अझ बढछ  तिमीमा उत्तरदायित्व

तिम्रा बा तिम्रो अघिल्तिर हात पसारी उभिएका छन

तिम्री आमा झुत्रो मझेत्रोको टुप्पा फैलाईरहेकी छन

सिङ्गने नाङ्गा छोराछोरी

एक हातले माग्दै आर्को हातले

आँखा मिच्दै रोइरहेछन

ती कैलाश परिवार हुन

उनलाई आँखा चिम्ली नठग

आँखभित्र त अन्धकार मात्र छ

ज्योती तिम्रो बाहिर छ

तीनलाई हँसाइ धरणीमा

कैलाश स्वर्ग बैकुण्ठ उमार

जो पृथिवीकै गर्भमा छन्,

सन्फ्रान्सिस्को झै सुन्दर नगरहरु

आकशबाट झरेका होईनन

धरतीकै माटोका ढिस्का हुन

स्वर्गिय कल्पना पनि पृथिवीकै द्धौता

मानव मस्तिष्ककै उब्जा हो,

कृष्णलाई जतिसुकै महान भन्

ती केवल व्यासकै अधभुत कविता हुन

जोगि, म दर्शनको नाम्ले कवितामा

कल्पना गरी मानिसलाई

अपामन गरेको देखिसहन्न ।

कविताको नामम

असत्यलाई सल्काएर

त्येसको प्रकाशमा

दर्शन स्पष्ट्याउन चाहन्छु ।

कविता गीत होस

त्यसले मनिसलाई उचालोस्

परन्तु

स्वर्गद्वार भनी युद्ध मा धकेली

पृथ्वीलाई रक्ताम्य बनाइ

व्योमको कल्पित बुर्जामा नपठाओस्

बरु

शान्तिमा धकेली परस्पर हातेमालो गराएर

आकशको रक्ताम्य बादल देखाओस्

प्रेमोदय होस् !

एक एक चुमबनमा

उन्नीत पद्मिनी विकसित होस्

X                              X

म पनि देउता   मान्छु जोगी,

म पनि आनन्द मान्छु,

तर तिम्रो र मेरो परमानन्दमा

पर र वरको भिन्नाता छ,

म पनि बिष्णुलाई मान्छु –

व्यापकता को मान्दैन !

म पनि शिवलाई मान्छु –

को यो कल्याण चाहन्न !

म पनि स्रष्टालाई मान्छु –

जगतलाई को देख्दैन !

म पनि ब्रह्मलाई मन्दछु

आफु लाई को छाम्दैन!

” अहं ब्रहमाsस्मि” म निर्धक्कसित भन्छु

किनभने म नै मानिस हुँ,

देउता  मनिस हो, मनिस द्धौता हो,

त्यसैले म पनि द्धौता हुँ,

तिमीले ब्राह्मण भनेकाले पनि

म खुट्टाले हिँडेको देख्छु,

तिमीले शुद्र भनेकाले पनि

म डाँफे-गीत गाएको सुन्छु,

त्यसैले म प्रत्यक मनिसलाई

पूर्ण ब्रह्म नै मान्छु

जोगी,

आँखा चिम्लने बानीले तिमी

कथालाई पुज्न पुग्दछौ ,

धरतीका लाखौँ मधुर स्वभावका

सीतालाई अबला ठानी

मानव-अधिकार दिना हिचकिचाउँछौ रामजस्ता राजालाई

वरको धौतालाई जस्तै

पर्यप्त प्रतिष्ठा कहिल्यै गर्दैनौ

राजाका महान वाणीमा अर्थ झै

समस्त आफू होमिन्नौँ !

जोगी, पूजक सेवित बन्न छोडी

सेवक पूजित बन्न खोज्छ

यस पृथ्वीलाई तिम्रो खाँचो छ,

आकाशलाई छैन !

संसारमा मूर्खताको अतिरिक्त

झगडा हुने अरू कारण छैन,

सत्य-निष्पक्ष दर्शन भई तिमी बिचमा उभिए

सबै सङ्ग्राम बन्द हुन्छ !

एक एक औषधले करोडौँ जननीको

करोडौँ प्रेमीको आँसु पुछ्ने

ति महात्माहरूले तिमी ले झै

आँखा चिम्लिदिएको भए

आज यस धरतीमा कति बाँकी रहन्थ्यौँ !

ए जोगि, हामी हुन्थ्यौँ हुँदैनथ्यौ!

अब विष्णुसहस्रनामको सट्टा

सहस्र दरिद्रनारायणनाम

सधै जपी कण्ठ गर,

सेवा स्वर्गद्वारा ती आँखा खोल,

तिमीले नरक पारेका तीनलाई

आफु त्यहाँ डुबी काँधमा हाली

उतार्नु छ !

यथार्थमा द्धौता बन्नु छ- स्वार्थ छोडी

मुक्तिनाथ हुनु छ,

जाग, उठ !

जोगी, हामी मिलिजुली अनगिन्ती

शुद्धबुद्ध ती फोहोरीलाई

नुहाइदेऔँ,स्वास्थ्य दिलाऔँ,

यसरी तीनका दाँत-मुख सफा गरिदेऔँ

कि तीनको जूठो खान सकौँ ।

जोगी, म पनि द्धौता हुँ-साकार

सीमित शक्ति भएको-

रूनी दु:खिसँग सँग रूने-

हाँस्नेसित सन्तोष मानी हाँस्ने-

पिउनेसित साम्य भै पिउने-

अन्याय्, अत्याचारसित सहानुभूतिले रिसाउनी-

राम्रोलाई हेरिरहने-

असत्य भूतप्रेतले घेरेको टाउकोबाट

सब झारेर मिल्काउन खोज्ने-

भुकम्प बाढी आँधी सङ्ग्रामले

नरसंहार कहिल्यै नगरोस्-

भनेर चिताउने-

सबै सुखी निरोगी होउन भनिठान्ने-

हातहतियारहरू केहि नलिएको

केवल निर्बल कलम समत्ने

म द्धौता हुँ-साकार ।

जोगी, म देउता  हुनेछु- निराकार

जब मेरो देह भस्म भएर

हावा-पानीमा बिलाउनेछ,

मलाई चिन्ने जान्ने सम्झने

सुन्नेहरूमा हृदयहृदयका

कुनाकुनामा म रहनेछु,

मलाई सबैले बिर्से भने

म सब्दब्रम्हमा अथवा अक्षरमा

तल्लय हुनेछु,

जसरी मेट्ने रबरले पुछ्दा

आकार कागतमै बिलाउँछ,

यसो भनेमा जोगी मलाई

अद्वैतवादी भनौला, नभन,

म त्यो मान्दिनँ,

म आँखा ठूला भएकी पार्वती

तीनलाई पनि धौता मान्छु,

आँखा चिम्लेका पुरूष जोगी

तिमीलाई पनि द्धौता मान्छु,

“सर्वव्यापी सर्वज्ञ सर्वशक्तिमान्”

आदिलाई म शब्द मान्दछु,

यिनका स्रष्टा मनुष्यकै

मस्तिष्कलाई म वेद मन्दछु,

विशुद्ध मनुष्यस्वभावलाई म बुद्ध मान्द्छु

विश्वमा मान्छेलाई नै सर्वोच्च

अनन्त कोटी देउता मान्छु

मनुष्य मनुष्यकै

म “युज” धातुलाई पनि देउता  मन्छु,

जोगी,

म पनि देउता  मन्छु ।

4 thoughts on “म पनि देउता मान्छु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s